जुम्ला : उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औल्याएका छन्।
सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले भने– “स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ।”
यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानी मैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताए।
यस अवसरमा आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योगका सञ्चालक रामकृष्ण चौलागार्इले औद्योगिक नगर निर्माणमा जोड दिन आग्रह गरे।
यसअघि राज्यमन्त्री लामाले उद्योग विकास शाखा जुम्लाका गतिविधि, आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योग, नीलकण्ठ चाना उद्योग र झोला तथा राडीपाखी उद्योग जुम्लाको अनुगमन तथा अवलोकनसमेत गरेका थिए। रासस