PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कागजपत्र घोषणामा नाजिर र शिल्पाको पाँच पोज



पहिलोपोस्ट

कागजपत्र घोषणामा नाजिर र शिल्पाको पाँच पोज
फोटो : मिलन ढुङ्गाना

काठमाडौं: अभिनेता नाजिर हुसेन र शिल्पा मास्के एकसाथ फिल्म 'कागजपत्र'मा देखिने निश्चित भएको छ। नाजिरलाई दर्शकले चिन्न र खोज्न थालिसके भने शिल्पा मास्के नेपाली फिल्म दर्शकको लागि अझै नयाँ नै छिन्।

नाजिरले अभिनय गरेको पुण्टे परेड, होस्टल रिटर्नस्, गाँठो, वीर बिक्रम, जंगे लगायत फिल्म प्रदर्शनमा आइसकेका छन् भने तिमी सँग, राज्जा रानी लगायत फिल्म प्रदर्शनको तयारीमा छ। हालै नाजिरलाई लिड रोलमा लिएर फिल्म 'कागजपत्र' घोषणा भएको छ। रङ्गमञ्चबाट उदाएका नाजिर हुसेन चर्चामा रहेका अभिनेता मध्ये पर्छन्। पुन्टे परेड उनको डेब्यु फिल्म हो।

त्यस्तै विभिन्न कारणले अभिनेत्री शिल्पा मास्के समाचारको हेडलाइन त बनिन् तर उनी अभिनित फिल्म प्रदर्शन भने भएको छैन। हलिउड र बलिउडमा पनि काम गरेको भनिएको मास्के मिलन चाम्सको फिल्म 'लिलिबिली'मा अनुबन्धित भन्ने खबरले चर्चा पायो।

तर फिल्मको औपचारिक घोषणा कार्यक्रममा अरु नै दुई अभिनेत्रीको नाम आयो। त्यसपछि फिल्म 'ब्रेकअप'मा उनलाई लिड अभिनेत्रीको लागि अनुबन्धन गरेको फोटो सहित खबर सार्वजनिक भयो। तर ब्रेकअपको प्रोडक्शन अघि नै शिल्पाले कागजपत्रलाई समय दिएकी छिन्। उनले कागजपत्र घोषणा समारोहमा भनिन्,'यो मेरो पहिलो प्रेस मिट हो।'







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell