A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef081138.16031818): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef081138.16031818,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गोविन्दराजको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनको विषयमा किन मौन? यसो भन्छ आयोग
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

गोविन्दराजको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनको विषयमा किन मौन? यसो भन्छ आयोग



सागर बुढाथोकी

गोविन्दराजको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनको विषयमा किन मौन? यसो भन्छ आयोग

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अयोग्य रहेको भन्दै कांगेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले यस्तै अर्को उजुरीमा भने मौनता साँधेको छ। 

सर्लाही ४ बाट माओवादी केन्द्रका उम्मेदवार शिवपुजन राय यादव कुटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए। उनीविरुद्धको उजुरीमा भने आयोगले अहिलेसम्म निर्णय दिन सकेको छैन। 

एकै प्रकृतिको विषय

यादव र जोशीको मुद्दाको प्रकृति एकै छ। दुबै फौजदारी मुद्दा हुन्। जोशीको उम्मेदवारी खारेज गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ (घ) नै यादवलाई पनि आकर्षित हुन्छ। तर, आयोगले निर्णय लिन सकेको छैन। यादवको उजुरी पनि जोशीको जस्तै केन्द्रमै तानिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उजुरी प्राप्त भए पनि निर्णय हुन बाँकी रहेको बताए। 

ढकालले भने ‘यादवको विषयमा आयोगले अहिले कुनै निर्णय गरेको छैन। कहिले निर्णय हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन।’

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो। आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेषले दोषी ठहर गरेको थियो। गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए। 

२०७२ साउन २६ गतेको उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ। विशेषले शिवपुजनलाई चार महिना जेल र १५ हजार जरिवाना हुने आदेश गरेको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell