PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मतदान र मतगणना प्रशिक्षण कार्यक्रम सम्पन्न



पहिलोपोस्ट

मतदान र मतगणना प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा : जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन क्षेत्रीय निर्वाचन कार्यालयले आयोजना गरेको मतगणना प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ।

दुर्इ दिने प्रशिक्षणमा यस प्रदेशका नवलपरासीबाहेक दस जिल्ला तथा पाल्पा र गुल्मीका जिल्ला निर्वाचन कार्यालयका प्रमुख र अधिकृत गरी ५० जनाको सहभागिता थिए।

यसैबीच क्षेत्रीय निर्वाचन कार्यालयले शनिबारबाट तीन सय १७ जनालाई मतदाता शिक्षा स्वयंसेवक तालिम आयोजना गर्ने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

तालिम प्राप्त स्वयंसेवकले प्रत्येक मतदान केन्द्र गएर मतदातालाई मतदान गर्ने प्रक्रियाबारे जानकारी गराउनेछन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell