PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बोक्सी कुप्रथा विरुद्ध फिल्म 'अग्निदहन' फस्ट लुक आउट



पहिलोपोस्ट

बोक्सी कुप्रथा विरुद्ध फिल्म 'अग्निदहन' फस्ट लुक आउट

काठमाडौं: बोक्सी कुप्रथा अन्त्यको अभियानको रुपमा निर्मित फिल्म 'अग्निदहन'को फस्ट लुक आउट भएको छ। बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको तीन पोस्टर र टिजर सार्वजनिक गरिएको हो। 

घनश्याम लामिछाने निर्देशित फिल्मले बोक्सी आरोपमा परेकी महिलाहरुको कथा भन्छ। फिल्मको कथा, पटकथा र संवाद लोकमणी पौडेलले लेखेका हुन्। फिल्म बारे बोल्दै निर्देशक लामिछानेले भने,'यो आयातित कथामा आधारित आर्जनको लागि मात्र बनाइएको फिल्म होइन्। यो हाम्रो समाजको कथा हो। यसले चेतनास्तर बिकास गर्न आवश्यक भूमिका खेल्छ।' उनले बोक्सी कुप्रथा रहेको समाजमा फिल्मको नि:शुल्क सो राख्ने बताए। भन्छन्,'यो फिल्मले अन्तराष्ट्रिय महोत्सवहरुमा ठाउँ पाउनु पर्छ।' 



मान्छे बोक्सि हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले प्रस्तुत गरेको फिल्मलाई कोविद शरण उपाध्याय, आलोक लम्साल र चन्द्र भट्टराईको संयुक्त रुपमा निर्माण गरेका हुन्। दीर्घ गुरुङले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। बिबि अनुरागी क़र जेशन कुँवरले संगीत दिएका छन्। कलाकारहरु अनुपमा भण्डारी , प्रमिला तुलाचन, माउत्से गुरुड., तुलसा क्षत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell