
काठमाडौं : डाक्टर गोविन्द केसीले शिक्षा मन्त्रालयलाई नेशनल कलेजको सम्बन्धनमा भएका निर्णयहरु बुझ्न शिक्षा मन्त्रालयमा निवेदन दिएका छन्।
शिक्षा मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा डा. केसीले कलेजलाई सम्बन्धन दिने सम्बन्धनमा मेडिकल काउन्सिललाई लेखेको पत्र, सर्वोच्चले नेशनल कलेजको सम्बन्धनमा गरेको फैसला, कलेजको मुद्धा समबन्धमा मन्त्रालयले दायर गरेको निवेदन र सो सम्बन्धनमा लिखित कागजातहरु माग गरेका छन्।
त्यसैगरी डा. केसीले निवेदनमा कलेजको सम्बन्धनमा भएका कागजात, टिप्पणी र अन्य फाइलहरु साथै कलेज प्रकरणमा संलग्न भएका अधिकारीहरुको नाम, पद र भूमिकाको बारेमा माग गरेका छन्।
शिक्षा मन्त्रालयमा दर्ता गरेको पत्रमा डा. केसी, अधिवक्ता ओम प्रकाश अर्याल, डा. अभिषेक राज सिंह र विनोद केसीले हस्ताक्षर गरेका छन्।
हिजो मात्रै डा. केसीले चिकित्सा शिक्षा अध्यादेशको जानकारी लिन राष्ट्रपति कार्यलयमा पत्र दर्ता गरेका थिए।