
काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि २८ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक भएको छ।
आगामी डिसेम्बरमा हुने खेलको लागि विहिबारबाट नेपाली टोलीको क्याम शुरु हुने नेपाली टिमका म्यानेजर तथा टेक्निकल एलिलस्ट रमन शिवाकोटी द्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो।
प्रारम्भिक सूचीमा यसअघि नेपाली टोलीबाट खेलिसकेका खेलाडीहरुकै बाहुल्य रहेको छ। यस्तै अनिल मण्डल, सिद्धान्त लोहनी जस्ता खेलाडी पनि टोलीमा समेटिएका छन् भने मलेसियामा हुने यू-१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि स्थान छुट्याइएको छ।
बाँकी २४ खेलाडी भने हङकङ विरुद्धको खेल अघि बन्द प्रशिक्षणमा परेका खेलाडी नै छन्।
मलेसिया भ्रमणममा गएका मध्ये यू-१९ टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको नाम भने समेटिइसकेको छ।
डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ।
प्रारम्भिक चरणमा सार्वजिनक गरिएको खेलाडीको सूची
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
वसन्त रेग्मी
सोमपाल कामी,
विनोद भण्डारी
सागर पुन
करण केसी
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
मोहम्मद आरिफ शेख
ललितसिंह भण्डारी
सुसन भारी
सुशील कँडेल
नरेश बुढाऐर
शक्ति गौचन
जितेन्द्र मुखिया
मेहबुब आलम
सौरभ खनाल
हसिम अन्सारी
सिद्धान्त लोहनी
दिलिप नाथ
विक्रम शोब
सुनील धमला
अनिल मण्डल
कुशल भुर्तेल
यू–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी
यू–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी