PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रधानमन्त्री देउवा शनिबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा शनिबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा सम्बोधनका लागि शनिबार एकैदिन ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु पुग्ने भएका छन् ।

चुनावी प्रचारको सुरुवात पूर्वबाट सुरु हुने र प्रधानमन्त्री देउवाले एकैदिन तीन जिल्लाका जनतालाई सम्बोधन गर्ने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं  प्रचारप्रसार समन्वय उपसमितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए ।

‘निर्वाचन परिचालन सुरु भइसकेको छ, २५ गते हाम्रा पार्टीका सभापति देउवा पूर्वी शिखर ताप्लेजुङबाट लोकतन्त्रको पक्षमा सम्बोधन गर्नुहुनेछ, त्यसै दिन पाँचथर र सगरमाथाको फेदीबाट सम्बोधन गर्नुहुनेछ,’ खाँणले भने ।

 

सातै प्रदेशमा मिडिया सेन्टर

यसैबीच नेपाली कांग्रेसले सातै प्रदेशका विभिन्न सहरमा निर्वाचन प्रचारका लागि मिडिया सेन्टरको स्थापना गर्ने जनाएको छ ।

प्रदेश नम्बर १ मा इटहरी, दुईमा जनकुपर र वीरगन्ज, तीनमा चितवन, चारका लागि पोखरा, पाँचका लागि बुटवल र नेपालगन्जमा  मिडिया सेन्टर रहनेछ। यस्‍तै प्रदेश ६ मा सुर्खेत र सात नम्बर प्रदेशका लागि धनगढीमा मिडिया सेन्टर खोलिने निर्वाचन परिचालन समिति संयोजक खाँणले जानकारी दिए। शनिबारबाट मिडिया सेन्टर सञ्चालनमा आउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell