
काठमाडौं : एएफसी एसिया कप छनोटअन्तर्गत नेपालसँगको खेल खेल्न फिलिपिन्स राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौं आइपुगेको छ।
आगामी मंगलबार हुने समूह चरणको पाँचौ खेलका लागि फिलिपिनो टोली झण्डै एक सात अगाडि नै नेपाल आएको हो। नेपाल र फिलिपिन्स बीचको खेल नोभेम्वर १४ तारिखमा ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
४ खेलबाट अपराजित रहदै ८ अंक जोडेको फिलिपिन्स समूह एफको शीर्ष स्थानमा छ भने समान खेलबाट १ अंक मात्र रहेको नेपाल पूछारमा छ।
चार खेल खेल्दा ३ खेलमा पराजित भएको नेपालको एसिया कपको लागि छनोट हुने सम्भावना सकिएको छ। अब फिलिपिन्स विरुद्को खेल नेपालका लागि प्रतिष्ठाको लडाईँ हुनेछ।
गत मार्च २८ मा फिलिपिन्सको मनिलामा भएको पहिलो चरणको खेलमा नेपाल ४-१ ले पराजित भएको थियो।
नेपालसँग जित हात पारे फिलिपिन्सको एसिया कप छनोट यात्रा लगभग तय हुनेछ।
फिलिपिन्ससँगको खेलमा लागि नेपालले पनि तयारी गरिरहेको छ। अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठलाई पनि प्रशिक्षक योतुकु कोजीले नेपाल बोलाएका छन्। यस्तै अनिल गुरुङ आफ्नो ५०औँ खेल खेल्ने तयारीमा छन्। कोजीले केही दिनमै नेपालको टोली घोषणा गर्नेछन्।
यस्तो छ नेपालसँग खेल्ने अजकल टोली
Philippines Squad (@TheAzkalsPH) for AFC Asian Cup Qualifiers Match vs Nepalhttps://t.co/QojBbogCV6
— The PFF (@philfootball) November 6, 2017
नेपालसँगको खेलमा लागि इंगलिस दोस्रो दर्जाको क्लब प्रतियोगितचा च्याम्पियनसिपबाट खेल्ने गोलरक्षक निल एथरिज लगायत २३ सदस्यीय फिलिपिन्स फुटबल टोली घोषणा भइसको छ। जसमा यू-२२ राष्ट्रिय टोलीका फरवार्ड पाउलो सालेङ्गा र अर्को फरवार्ड जोसु डुटोमले पहिलो पटक स्थान बनाएका छन्।
यस्तै सन् २०१४ पछि मिडफिल्डर मार्विन एन्जल्स पनि टोलीमा बोलाइएका छन्।
२३ सदस्यी टोली
मार्विन एन्जल्स, फिच अर्बोलेडा, मिसाघ बहडोरान, डाएलन डे ब्रुएकर, कार्लि डे मुर्गा, प्याट्रिक डेएटो, कुट डिजोन, जोसु डुटोम, निल एथरिज, केभिन इनग्रेसो, सिन प्याट्रिक काने, हिकारु मिनेघिसी, पउल मल्डर्स, जिम जुनिएर मुनोज, निकोलस ओ'डोनेल, माइक ओट, इयान राम्सये, सिमोज रोटा, पाउलो सालेङ्गा, दाइसुके सातो, डेनिस भिलानुएभा, जेम्स योङहसब्याण्ड, फिलिप योङहसब्याण्ड
मुख्य प्रशिक्षक : थोमस डुले
प्रशिक्षक : स्टेफानो मार्सेला