PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

'पद्मावती' प्रदर्शनमा भाजपाले रोक लगाउने चेतावनी, निर्देशक भन्सालीले खोले मुख



पहिलोपोस्ट

'पद्मावती' प्रदर्शनमा भाजपाले रोक लगाउने चेतावनी, निर्देशक भन्सालीले खोले मुख

छायांकन सुरु भएदेखि विभिन्न समस्या झेल्दै आएको फिल्म 'पद्मावती' युनिट प्रदर्शन मिति नजिकिदै आउँदा पनि तनाव मुक्त हुन सकेको छैन। कहिले सेटमा आगो लाग्नु, कहिले सेटमा भएको दुर्घटनामा परी कामदारको मृत्यु हुनु त कहिले इतिहास तोडमोड गरेको आरोप फिल्म युनिटले खेप्दै आउनु परेको छ।

योपटक त भारतिय जनता पार्टीले पद्मावती प्रदर्शनमा रोक लगाउने जनाए। जीन्यूजले जनाए अनुसार भाजपाका कार्यकर्ता टि राजा सिंहले उक्त फिल्म प्रदर्शनमा ल्याए थिएटर जलाउने चोतावनी दिएका हुन्। फिल्मले ऐतिहासिक कथा तोडमोड गर्दा राजपूतहरुको अपमान भएको बताए। भने,'पहिला फिल्म हामीलाई देखाउनु पर्यो। आवश्यक परेमा सेन्सर गर्छौं र मात्र प्रदर्शन गर्न दिन्छौं।' उनले फिल्म निर्देशक संजयलिला भन्सालीलाई आरोप लगाउँदै बोले,'पैसा कमाउन महिलाको अपमान गरेर फिल्म बनाउनेलाई हामी बहिस्कार गर्छौं। सिंहले पद्मावती फिल्मले धर्म र संस्कृतीमा नकारात्मक असर गर्ने बताए।

भाजपका सांसद चिन्तामणी मालविय साथै राजपूत संघठनले समेत फिल्म पद्मावतीको विरोध गरेका छन्।

सिंहले लगाएको आरोप बारे संजय लिला भन्सालीले फिल्म पक्षबाट स्पष्टिकरण दिएका छन्। 'मैले इतिहासको कथाको दुरुपयोग गरेको छैन। मैले न महिलाको अपमान गरेको छु न पद्मावती र अलाउद्दिन खिलजीको प्रेमको नै। ऐतिहासिक कथालाई फिल्ममा देखाउन नयाँ प्रयोग पक्का गरेको हुँ।' उनले फिल्मको प्रदर्शनमा रोक लगाउन पर्ने कुनै कारण नभएको दाबी गरे। उनले पहिलोपटक फिल्म बारे केही बोलेका हुन्। भिडियो बलिउड हंगामामा उपलब्ध छ।

१ डिसेम्बर रिलिज तयारीमा रहेको फिल्ममा दीपिका पादुकोण, साहिद कपूर र रणबिर सिंहको मुख्य अभिनय रहेको छ।पद्मारवतीमा दीपिकाले रानी पद्मावतीको भूमिका निभाउने छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। त्यस्तै एन्टागोनिस्टका रुपमा स्थापित हुनेछन् रणवीर जसले अलाउद्धिन खिलजीको भूमिका निभाउने छन्। पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell