PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन : नेता नेम्वाङ



पहिलोपोस्ट

समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन : नेता नेम्वाङ

इलाम : पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गरेका छन।

इलाम क्षेत्र नं २ अन्तर्गत आज बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त क्षेत्रको उम्मेदवार रहेका उनले संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताए।

समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनु पर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले मुलुकको दिगो विकास र समृद्धिका लागि गठबन्धनको घोषणापत्रमा उल्लेख भएबमोजिम नै अघि बढ्ने विचार व्यक्त गरे।

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भने, “क्षेत्र नं २ का जनताको समृद्धि र विकास चाहेको छु, तपाईहरू निर्वाचित गर्नुस् म विकास गरेरै छाड्छु।” रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell