PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

पाइरेसीको मारमा 'कालो पोथी' र 'लुट २'



पहिलोपोस्ट

पाइरेसीको मारमा 'कालो पोथी' र 'लुट २'

काठमाडौं: यो साता दुई नेपाली फिल्मर पाइरेसीको चपेटामा परेको छ। फिल्म 'कालो पोथी' र 'लुट २' फेसबुक पेजमार्फत लिक भएको हो। वाच भिडियो अनलाइन नामक पेजबाट दुई फिल्म लिक भएको हो।

मङ्गलबार फेसबुकमा लुट २ अपलोड भएको थियो। चरणगत रुपमा विभाजन गरी फिल्म लुटको दोस्रो संस्करण राखिएको थियो। जसमा अन्तराष्ट्रिय बिक्रीको आधिकार प्राप्त कम्पनी हाइलाइट्स नेपालको लोगो पनि रहेको छ। कालो पोथीको लागि भने एक ब्लगको लिंक उपलब्ध गराइएको थियो।

लुट निर्देशक तथा निर्माता निश्चल बस्नेतले फिल्म पाइरेसी गर्ने व्यक्ति नेपालमै भएको र चाडै पत्ता लगाएर कानुनी कारवाही गर्ने बताएका छन् भने कालो पोथी निर्देशक मिन बहादुर भामले आफूलाई फिल्म इन्टरनेट रिलिज बारे थाहा नभएको जानकारी दिए। लुट २ को अन्तराष्ट्रिय डिजिटल राइट्स बिक्री भएपनि केही मुलुकमा प्रदर्शन गर्न बाँकी थियो। त्यस्तै कालो पोथी भने अझै पनि अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा प्रदर्शन भैरहेको छ।

यसअघि नेपाली फिल्महरु ‘कोहिनुर’, ‘प्रेमगीत’, ड्रिम्स’, ‘पशुपति प्रसाद’, ‘छक्का पञ्जा’ लगायत पनि पाइरेसीको मारमा परेका थिए। छक्का पञ्जा पाइरेसी कर्ता कृष्ण सुवेदीले आत्महत्या गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell