PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आत्महत्याको धम्की दिने फ्यान विरुद्ध बरुण धवनको उजुरी



पहिलोपोस्ट

आत्महत्याको धम्की दिने फ्यान विरुद्ध बरुण धवनको उजुरी

बलिउड अभिनेता बरुण धवनकी एक फ्यानले आत्महत्या गर्ने धम्की दिएपछि धवनले प्रहरीमा उजुरी दिएका छन्। फोनमार्फत उनको फ्यानले आफ्नो मेसेज रिप्लाइ नगरेको भन्दै आत्महत्या गर्ने बताएकी थिइन्।

बलिउड हंगामाले जनाए अनुसार ती महिलाले सुरुमा साधारण फ्यानको रुपमा मेसेज लेख्थिन्। तर लगातार अनियन्त्रित रुपमा मेसेज पठाउँन थालेपछि बरुणले उनलाई ब्लक गरेका थिए। ब्लक गरेको केही दिनपछि बरुणलाई धम्क्याउँदै फोन आएको हो।

प्रहरीले बरुणलाई उक्त फोन र धम्की आएको पुष्टी भएपछि उजुरी दर्ता गरेको छ। प्रहरीले भनेको छ,'बरुणलाई मेसेजमार्फत दुर्व्यवहार भएको साँचो हो।' फोन आएको नम्बर अहिले सम्पर्क बिहिन भएको र थप अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell