काठमाडौं : नेपालको भलिबल विकासमा नेपाल भलिबल संघ (एनभीए) जापान सम्पर्क समितिको नगद सहयोग गरेको छ।
एनभीए जापान शाखा विस्तार भएपछि शाखाका अध्यक्ष नवीन गुरुङले बिहिवार नगद ४० लाख एनभीएलाई सहयोग गरेका हुन्।
यसअघि नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेलमा पनि नगद ५० हजार सहयोग गरेको थियो।
एनभीए जापान सम्पर्क समितिको अध्यक्ष नियुक्त भएका नवीन गुरुङलाई संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहिवार नियुक्ति प्रमाण पत्र प्रदान गरे। त्यसपछि गुरुङले एनभीएलाई नगद सहयोग प्रदान गरेका हुन्।
नेपाल भलिबल संघको विधानको दफा २६ अनुसार विदेशमा रहेका नेपालका पूर्वखेलाडीहरुलाई एकत्रित गर्ने उदेश्यले जापान शाखा विस्तार गरेको हो।
हाल जापान निवासी नवीन गुरुङको अध्यक्षमा १३ सदस्य तदर्थ एनभीए जापान सम्पर्क समिति गठन गरिएको हो। सम्पर्क समितिको बरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्षमा मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन्। सदस्यहरुमा भिक्टोर ठाडा मगर, हितु थापा, महेन्द्र साहानी, राम मल्ल, राम लामिछाने, कमल थापा र प्रकाश चन्द जोशी रहेका छन्।
विधान अनुसार अध्यक्ष गुरुङले राजु बस्नेत, जिवन खड्का, कमला काप्री र कविता लामिछानेलाई सदस्यमा मनोनयन गरेका छन्।