PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

ठूटेवर मेलामा डेढ करोडको कारोबार



पहिलोपोस्ट

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–६ मा भएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा एक सय ५० भन्दा बढी स्टल राखिएको थियो। मेला कात्तिक २१ गते समापन भएको हो।

यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमामा दुई पटक मेला लाग्दै आइएको छ। आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यहाँ मेला लगाइने गरिन्छ।


यस वर्ष स्थानीय क्षेत्रको पर्यटन, प्रवर्धन र अग्य्रानिक कृषि प्रणालीको विकासमा जोड दिने उद्देश्यले मेलाको आयोजना गरिएको ठुटेवर संरक्षण समितिका सचिव सोमनाथ पौडेलले बताए। तीस हजारभन्दा बढी पर्यटकले मेलाको अवलोकन गरेको सचिव पौडेलको भनाइ छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell