काठमाडौं : नेपाल कराते महासंघको आयोजनामा ५०औ राष्ट्रिय कराते च्याम्पियनसिप बिहिबारबाट राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुरु भएको छ।
पाँच विकास क्षेत्र र ३ विभानगीय गरी ७ टिमका १ सय ८४ खेलाडीले सहभागिता जनाउने च्याम्पियनसिपमा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ।
महिलामा ७ तथा पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। बिहिबार भएको पहिलो दिनको प्रतिस्पर्धामा पहिलोपोस्टका चन्द्र आलेको लेन्सबाट कैद भएका फोटोहरु