PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

अभिलाषा एसियन यु–१४ र्‍याङकिङ टेनिसको फाइनलमा



पहिलोपोस्ट

अभिलाषा एसियन यु–१४ र्‍याङकिङ टेनिसको फाइनलमा

काठमाडौं : नेपालकी अभिलाषा विष्ट केशा ग्रुप एएनएलटीए एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को गर्ल्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेकी छन्।

दोश्रो तथा अन्तिम सेमिफाइनलमा अभिलाषा पहिलो सेटमा २–१ ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी भारतकी प्राची मन्त्रीले खेल त्यागेपछि अभिलाषालाई विजेता घोषणा गरिएको थियो।

फाइनलमा अभिलाषाले भारतकी वैश्नवी अड्कर विरुद्ध खेल्नेछिन्। ब्वाइज सिंगल्सको उपाधि भिडन्त अनर्घा गांगुली र लेस्टन भाजबीच हुनेछ। दुवै भारतका हुन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell