PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

७५ जिल्ला दौडेर पुगेका रामसुन्दर : जो बाढी पीडितको सहयोगार्थ १३५ किमि दौडिदैँछन्



पहिलोपोस्ट

७५ जिल्ला दौडेर पुगेका रामसुन्दर : जो बाढी पीडितको सहयोगार्थ १३५ किमि दौडिदैँछन्

काठमाडौं : बाढी पीडितको सहयोगार्थ धावक रामसुन्दर कार्कीले ललितपुरको जावलाखेलदेखि सिन्धुलीगढीसम्मको दौड बिहीबार प्रारम्भ गरेका छन्। १ सय ३५ किलोमिटर दूरीको दौडको पहिलो दिन कार्की खुर्कोटमा बास बस्ने छन् भने शुक्रबार सिन्धुलीगढी पुग्ने छन्।

सप्तरीको मुसहर बस्तीका बाढी पीडितका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौडिएको कार्कीले बताएका छन्। कार्कीको दौड यात्रामा ओलम्पियन कृष्ण बस्नेतले स्कर्टिङ गर्ने छन्।

ललितपुर गोदावरी नगरपालिका गोदमचौर निवासी कार्कीले जावलाखेलदेखि सिन्धुलीगढी दौड्न लागेको यो दोश्रो पटक हो। यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेका छन्।

त्यस्तै कार्कीले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं–पोखरा १ पटक, काठमाडौं–भारतको युपी १ पटक र काठमाडौंबाट भारतको पश्चिम बंगालहुँदै भुटान १ पटक दौडेका छन्। हालसम्म जम्मा १५ हजार किलोमिटर दूरी दौडेर पूरा गरिसकेको कार्कीले जानकारी गराए।

कार्कीको दौड यात्रामा रुस्लान, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, सूर्यविनायक नगरपालिका, दरबार स्क्वायर मनी एक्चेन्ज, अल्का अस्पताल, ललितपुर निर्माण व्यवसायी संघ, नागरिक पत्रिका, अक्सिब्रिज कलेज, जुपिटर टोल सुधार समिति परिवार, इवामुरा कलेज अफ हेल्थ साइन्स, भद्रकाली स्पोर्ट्स, ललितपुर मिनि बस व्यवसायी समिति, राष्ट्रिय ज्येष्ठ नागरिक कोषलगायतले सहयोग रहेको छ।

कार्कीलाई रुसलानका प्रमुख कार्यकारी अधिकृत समिर कावा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्य, इवामुराका अध्यक्ष डा. उत्तमकृष्ण कर्माचार्यलगायतले बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell