PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

क्रोएसिया विश्वकप नजिक



पहिलोपोस्ट

क्रोएसिया विश्वकप नजिक

क्रोएसिया अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेको छ।

युरोपेली छनोटअन्तर्गत प्लेअफको पहिलो लेग खेलमा ग्रीसलाई ४-१ ले पराजित गर्दै क्रोएसियाले विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो।

घरेलु मैदानमा क्रोएसियालाई फराकिलो जित दिलाउन लुका मोडरिच, निकोला कालिनक, इभान पेरिसिक र आन्द्रे क्रमारिकले १-१ गोल गरे। ग्रीसका लागि सोक्रेटिस पापास्ताथोपुलसले एक गोल फर्काए।

दोस्रो लेगमा बराबरी खेलेपनि क्रोंएसिया विश्वकपमा छनोट हुनेछ।

प्लेअफ छनोटअन्तर्गत अर्को खेलमा स्वीट्जरल्याण्डले उत्तरी आयरल्याण्डलाई १-० ले पराजित गरेको छ।

उत्तरी आयरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्वीस टोलीलाई जित दिलाउन रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमा गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell