PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

अघिअघि प्रचण्ड, पछिपछि देवी ज्ञवालीः प्रचण्डका चुनाव प्रचारका पाँच तस्विर

अघिअघि प्रचण्ड, पछिपछि देवी ज्ञवालीः प्रचण्डका चुनाव प्रचारका पाँच तस्विर

राजेन्द्र आचार्य/पहिलोपोस्ट


चितवनः वाम गठबन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेका छन्। घरदैलो अभियानमा प्रचण्डलाई भरतपुर महानगरको मेयरमा पराजित एमालेका देवी ज्ञवालीले साथ दिएका छन्। प्रचण्डसँगै ज्ञवाली पनि चुनाव प्रचारमा छन्।

भरतपुर महानगरको वडा नम्बर १३ उज्वलनगरबाट प्रचण्डले घरदैलो सुरु गरेका हुन्। घरदैलोका क्रममा स्थानीयले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासका लागि यही क्षेत्रमा रहिरहन आग्रह पनि गरेका छन्। घरदैलो अघि प्रचण्डले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटन गरेका थिए।

चुनाव प्रचारका केही तस्विर



ट्रेन्डिङ पोस्ट

Ncell