PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोली भैरहवामा



चन्द्रकान्त खनाल

रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोली भैरहवामा

रुपन्देही: रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिक तथा सरकारी अधिकृतसहितको टोलीले रुपन्देहीमा अध्ययन गरेको छ। टोलीले भैरहवा तथा आसपासको क्षेत्र निरीक्षण गरेको हो।

भैरहवा विमानास्थलको पछाडि, भैरहवाभन्दा पूर्व तथा पश्चिम क्षेत्रको निरीक्षण गरी लुम्विनी आसपास पनि रेलको सम्भाव्यताबारे अध्ययन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए।

चिनियाँ राष्ट्रिय रेल’वे प्रशासनका उपनिर्देशक जेङ जियान नेतृत्वको २३ सदस्यीय टोलीले नेपालमा रेलको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ।

केरुङको टोली पोखरा हुँदै लुम्विनी आएको हो। संयुक्त टोलीले नेपालमा रेलको सम्भावनाबारे अध्ययन गरिरहेको छ। नेपाल र चीनबीच रेलमार्गद्वारा सहकार्य गर्न चिनियाँ टोली उत्सुक रहेको आफूले पाएको उपाध्यायले बताए। 

टोली लुम्विनीमा रहेको मायादेवी मन्दिर, चाइना मन्दिर शान्तिदीप लगायतको अवलोकनपछि शुक्रबार नै काठमाडौं फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell