PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रुस विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक, यी हुन् अहिलेसम्म विश्वकपमा खेलाइएका बल



पहिलोपोस्ट

 रुस विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक, यी हुन् अहिलेसम्म विश्वकपमा खेलाइएका बल

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल शुरु हुनु सात महिना अगाडी त्यहाँ खेलाइने अफिसियल फुटबल सार्वजनिक भएको छ।

एडिडासले उत्पादन गरेको 'टेलस्टार' नामक बल सार्वजनिक गरिएको हो। रुससँगको मैत्रीपूर्ण खेल खेल्न पुगेका लियोनल मेसीले उक्त बलसँग पोज समेत दिएका छन्।

पहिलो पटक सन् १९७० को विश्वकपमा टेलस्टर नामक बल खेलाइएको थियो। त्यसैको नयाँ स्वरुपमा एडिडासले 'टेलस्टार१८' बल तयार पारेको हो।

त्यसको चारवर्षपछि १९७४ मा टेलस्टार डरलास्ट नामक बल बनाइएको थियो। तर १९७८ को विश्वकपको लागि भने ट्याङ्गो नामक बल निर्माण गरिएको थियो। 

ट्याङ्गोको दुई संस्करणपछि १९९६ मा एजटेका बल तयार पारियो भने १९९० मा खेलाइएको बलको नाम एट्रुस्को थियो।

यस्तो छ विश्वकपमा अहिलेसम्म खेलाइएको बल

द टेलस्टार : मेक्सिको १९७०



द टेलस्टार डरलस्ट : जर्मनी १९७४



द ट्याङ्गो : अर्जेन्टिना १९९८


द ट्याङ्गो स्पाना : स्पेन १९८२


द एजटेका : मेक्सिको १९८६


द एट्रुस्को  : इटली १९९०


द क्वेस्ट्रा : युएसए १९९४


द ट्रकोलोरे : फ्रान्स १९९८


द फेभरनोभा : जापान/दक्षिण कोरिया २००२


द टिमजेइस्ट : जर्मनी २००६


द जाबुलानी  : दक्षिण अफ्रिका २०१०


द ब्राजुका : ब्राजिल २०१६



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell