
काठमाडौं: युट्युबर सबिन कार्की ‘बिस्ट’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मानस राजको ‘भाइरल भैदियो’ बोलको गीतको भिडियो रिलिज भएको हो। जसमा सबिनको फिचरिङ एवंम् निर्देशन पनि रहेको छ।
भिडियोमा सबिनसँगै अन्य कलाकार दीक्षा ठकुरी, मेरी खत्री, सब्रिना गुरुङ, सुभम भुजेल लगायतको पनि नृत्य देख्न सकिन्छ। सञ्जय कार्कीले खिचेको भिडियो सम्पादन बिस्ट स्वयंमले गरेका हुन्। त्यस्तै यस गीतका एरेन्जर उदय राज पौडेल हुन्।
गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको 'पिरतीको छाता ओढाउँला' बोलको चलचित्र 'रेशम फिलिली'को गीत निकै चर्चित बनेको थियो। त्यस्तै, चलचित्र 'डायरी'को 'माया माया'मा मानसको शब्द तथा संगीत थियो। मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन्।