PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अस्थिर राजनीतिबाट देशलाई बचाउन एउटै कम्युनिष्ट पार्टी : प्रचण्ड



राजेन्द्र आचार्य

अस्थिर राजनीतिबाट देशलाई बचाउन एउटै कम्युनिष्ट पार्टी : प्रचण्ड

चितवन : नेकपा माआवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको अभिमतबाट अबको एक दशक विकासको युग हुने दावी गरेका छन्। 'मैले एक दशक विचार, एक दशक युद्ध, एक दशक शान्ति प्रक्रियाका लागि दिए' उनले भने 'तर अब देशले समृद्धि र विकास चाहेको छ त्यसैले मेरो अबको एक दशक विकासका लागि हुनेछ।'

वामगठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार बनेको  वडा नं.९ मा आयोजित  घरदैलो अभियानपछिको सभालाई सम्बोधन गर्दै चितवनको अभिमतबाट देशको समृद्धिको नेतृत्व गर्ने चाहना बोकेर आफू चितवन आएको बताए।

‘चितवन जिल्ला अग्रगामी सोचको नेतृत्व गर्ने जिल्ला हो। चितवनबाट निर्वाचित भएर, यहाँहरुकै अभिमत लिएर देशको समृद्धिको नेतृत्व गर्ने संकल्प लिएर आएको छु। प्रचण्डले भने 'यो मेरा लागि अवसर पनि हो। घरदैलोको क्रममा तपाईहरुमा जुन उत्साह देखियो, जुन ममता र हार्दिकता पाएँ, त्यो मेरा लागि प्रेरणा र उर्जा भएको छ।'

विकास नै नेपाली जनताको सबैभन्दा ठूलो चाहाना भएको भन्दै वामवन्थी नेतृत्व सरकारले अहिले भन्दा ५ गुण बढी समृद्ध बनाउने उनले दावी गरे। 'वामपन्थीहरु चितवनका ९ वटै क्षेत्रमा विजयी भए भने केन्द्रमा पनि विजय सूनिश्चित छ, अरु कुनै सपना छैन, विकासलाई केन्द्र विन्दु बनाउनेछौँ।’  

दशक भित्र नेपाललाई र प्रत्येक नेपाली घर परिवारहरुको आर्तिक समद्धि ५ गुणा होस् भनेर योजना बनाएको बताएको उनले सुनाए।

‘जहिले पनि अस्थिरता, जहिले पनि अस्थीर सरकार, यसले देशमा विकास हुन सकेन।' अध्यक्ष प्रचण्डले भने 'अस्थिर राजनीतिको रोगबाट देशलाई बचाउँनुछ। त्यसका लागि हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्प गरेका छौं। अबको दशक समृद्धिको दशक हुनेछ, समाजवादको दशक हुनेछ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell