
भियतनाम : आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन्।
भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् विमान अवतरण गरेको थियो। उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो।
भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, (एपिइसी)को सम्मेलनमा सहभागिताका लागि उनी यहाँ पुगेका हुन्।
उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा रहेका थिए।
उनले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गरेका थिए। उनीहरु दुवै जना शुक्रबार भियतनाम पुएका छन्।
सो सम्मेलनमा विश्वका नेताहरुले पनि सम्बोधन गर्ने छ। चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतले पनि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्राप्त जनाइएको छ। रासस