PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी : प्रदेश नं ४ र ५ मा सुरक्षा अवस्था बारे छलफल



पहिलोपोस्ट

पोखरा : गृह मन्त्रालयले आयोजना गरेको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी आज पोखरामा शुरु भएको छ।

गोष्ठीमा प्रदेश नं ४ र ५ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका गरी एक सय ६० जनाको सहभागिता रहेको थियो।

गोष्ठीमा सुरक्षा निकायका प्रमुखले जिल्लाको सुरक्षा स्थिति मजवुत रहेकोले दुवै चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास दिलाए।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले गोष्ठीको उद्घाटन गर्दै चुनाव जसरी पनि आफू र आफ्नो पार्टीले जित्नैपर्छ भन्ने मनस्थिती दलमा रहेकाले यसलाई सुरक्षा चुनौतीमा लिएको बताए।

चुनावको प्रचारप्रसारका क्रममा दलका उम्मेदवार र कार्यकर्ताबीच अस्वस्थ्य प्रतिस्पर्धा र मुठभेड हुनसक्ने भएकाले यसलाई रोकेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो।

गृह सचिव मोहनकृष्ण सापकोटाले देशको सुरक्षा अवस्था सामान्य रहे पनि निर्वाचनका बेला हुन सक्ने गतिविधिलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा रहनु पर्ने विचार व्यक्त गरे।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दवाडीले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायको काँधमा अहम् भूमिका रहेको बताए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell