PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

विवेकशील साझा पार्टीको प्रतिबद्धतापत्र सार्वजानिक, यस्तो छ मुख्य एजेण्डा



पहिलोपोस्ट

विवेकशील साझा पार्टीको प्रतिबद्धतापत्र सार्वजानिक, यस्तो छ मुख्य एजेण्डा

काठमाडौं : ‘अबको आशा विवेकशील साझा’ चुनावी नारासहित चुनावमा होमिएका विवेकशील साझा पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विवेकशील साझा पार्टीले आफ्नो प्रतिबद्धतापत्रको मुख्य मर्म लुटतन्त्र ढालेरै छाड्ने, देशलाई उद्यमशील बनाउने र नेपालले गुमाएको स्वाभिमान फर्काउने बताएको छ। 


यस्ता छन् साझा विवेकशीलको प्रतिवद्धतापत्र

  •  उद्यमशीलता मार्फत उच्च आर्थिक वृद्धिदर हासिल गरिने छ।
  • नेपालको भूबनोट, यातायात र विद्युतीकरणको महत्त्वलाई दृष्टिगत गर्दै यातायात प्रणालीको आधुनिकीकरण साथै रेल यातायातलाई प्राथमिकतामा राखिनेछ।
  • दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथासिघ्र  सुरु गरिने छ।
  • २०७२ सालको भूकम्मबाट क्षति भएका निजि सम्पतिको उचित क्षतिपूर्ती दिइनेछ। साथै क्षतिग्रस्त सम्पदाको चाँडोभन्दा चाँडो पुनर्निमार्ण गरिने छ।
  • मध्यम तथा ठुला कृषकका लागि आधुनिकिकरणमा जोड दिइने छ।
  • पर्यटनमार्फत समाजको तल्लो वर्गमा पर्यटन उद्योगको प्रत्यक्ष लाभ पुर्‍याइने छ। वन संरक्षण र वन पैदावरको समुचित उपयोगमा विशेष जोड दिइने छ।
  • युवा उद्यमशीलताको प्रवर्दन गर्दै युवालाई रोजगारीको अवधारणालाई प्रोत्साहन गरिने छ। कुनै पनि ऐन, कानुन र नीति निर्माणका कार्यमा विशेष कारणबाहेकका वदैशिक सहयोग लिइने छैन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell