PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अन्तर कलेज फुटसल मंसिर पहिलो साता हुने



पहिलोपोस्ट

अन्तर कलेज फुटसल मंसिर पहिलो साता हुने

काठमाडौं : शिक्षा क्षेत्रमा काम गर्दै बएको अल्फा बिटा कन्सलटेन्सी पहिलो पटक औपचारिक रुपमा फुटबल प्रतियोगिता गर्दै खेलकुदमा प्रवेश गरेको छ।

अल्फा बिटाले नेपालका दुई चर्चित खेलाडीहरु तेक्वान्दोका दीपक विष्ट र फुटबलर हरी खड्कालाई संयोजक राखेर अन्तर कलेज फुटसल प्रतियोगिता गर्ने शुक्रबार जानकारी गराएको हो।

मंसिर ६ देखि ८ गतेसम्म शंखमुल फुटसलमा हुने प्रतियोगिता अन्तर कलेज फुटबल प्लस टू र ए लेभल पढ्ने कलेजहरुले भाग लिन पाउनेछन्।

प्रतियोगितामा कम्तीमा १६ टीमको सहभागिता हुने संयोजक हरी खड्काले जानकारी दिए। उनका अनुसार १६ देखि २० टिमलाई फस्ट कम फस्टको आधारमा सहभागिता गराइनेछ।

प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा हुनेछ।

८ लाख ५० हजार रुपैयाँ खर्च रहेको प्रतियोगितामा २ लाख ३० हजार पुरस्कारको रुपमा खर्च गरिने आयोजकले जनाएको छ। जसअन्तर्गत विजेताले १ लाख, दोस्रो हुने ६० तथा तेस्रो हुनेले ४० हजार हात पार्नेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १०-१० हजार पाउनेछन् भने क्वा६रफाइनलदेखि म्यान अफ दी म्याच हुने खेलाडीलाई १ हजार प्रदान गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell