काठमाडौं : नेपाल रिङ रेसलिङ संघको आयोजना तथा डिस मिडिया नेटवर्कको सहकार्यमा शनिबार दोस्रो अन्तर्राष्ट्रिय रिङ रेसलिङ प्रतियोगिता आयोजना हुँदैछ।
प्रतियोगितामा नेपालसहित ८ देशका कूल २१ खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष सुनिता थापाले जानकारी दिइन।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताको लागि प्राविधिक लगायत सम्पूर्ण तयारी पूरा भएको थापाले बताइन्।
विभिन्न सात क्याटेगोरीमा खेलाइने प्रतियोगितामा नेपालबाट १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भारतबाट २ तथा अमेरिका, रसिया, चेक रिपव्लिक, सिंगापुर, मलेसिया र अष्ट्रियलाबाट १-१ खेलाडी नेपाल आएका छन्।
प्रतियोगिताका लागि ५ सय र एक हजारको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस्तै सबै खेलहरु डिसहोम एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ।
संघका अध्यक्ष थापाले आगामी दिनमा रिङ रेसलिङलाई निरन्तरता दिने बताइन्।