काठमाडौं : मलेसियामा आजबाट शुरु भएको एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। समूह ए अन्तर्गतको उक्त खेल मलेसियाको किनरारा मैदानमा हुनेछ।
नेपालले एसिया कप खेल्नुअघि एक सातको बंगालादेश टूर गरेको थियो जहाँ नेपालले दुई खेल हारेकव थियो भने अन्तिम खेलमा जित हात पारेको थियो।
तर नेपालका मुख्य प्रशिक्षक विनोद दासले उक्त खेलले भोलीको खेलमा कुनै असर नगर्ने प्रतिक्रिया दिएका छन्। 'पहिलो खेल धेरै महत्वपूर्ण हुन्छ। अभ्यास खेलमा हात पारेको जितले भोलीको म्याचमा कुनै परक गर्नेछैन। हामीले आफ्नो योजना अनुसार खेल्दै उनीहरु (बंगलादेश)लाई चुनौती दिनुपर्छ।'
दासले बंगलादेशसँग खेल्नुअघि खेलाडीहरुलाई सजग गराएका छन्। 'यहाको मौसम सोच्न सकिने अवस्थाको छैन। खेलाडीहरु पनि यो बारे सचेत छन्। खेलाडीहरुको स्थिती बारे हामी सजग छौँ।'
दासले पहिलो दिनको नतिजामा कुनै आश्चय नरहेको प्रतिक्रिया दिए। उनले नेपाली टोलीको ब्याटिङमा सुधार हुँदै आएको त्यसला२ निरन्तरता दिनेमा आशावादी रहेको बताए।
नेपाल र बंगलादेशबीचको खेल शनिबार बिहान नेपाली समय अनुसार सबा ७ बजे शुरु हुनेछ। उक्त खेलको मलेसिया क्रिकेट संघ र एसियन क्रिकेट काउन्सिलले फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गर्नेछ।
समूह ए अन्तर्गत शुक्रबार भएको खेलमा भारतले आयोजक मलेसियालाई २०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।