
काठमाडौं : धरौटी रकम तिर्न नसकेर जेल जीवन बिताइरहेका ६ जना महिला बन्दीहरुलाई आज शुक्रबार हिडेन लाइफ फाउन्डेसनले उद्धार गरेको छ।
जगन्नाथ देवल सुन्धारा कारागारमा विगत दुई महिना देखि जेल परेका उनीहरुलाई फाउन्डेसनले उद्धार गरेको हो। उनीहरु सार्वजानिक अपराधअन्तर्गत जगन्नाथ देवल कारागारमा कैदी जीवन बिताँउदै आएका थिए।
महिलाहरुले तिर्न बाँकी धरौटी रकम फाउन्डेसनले तिरेर उनीहरुलाई आज जेलबाट निकालेको हो। जगन्नाथ देवल र कारागार विभागको सहयोगमा ती बन्दीहरु निकालिएको फाउन्डेसनका अध्यक्ष विवेक उपाध्यायले बताए।
फाउन्डेसनले कुल ४८ हजार रुपैंया धरौटी तिरेपछि महिला बन्दीहरु जेल मुक्त भएका हुन्।
पूर्व प्रहरी प्रमुख विज्ञानराज शर्माको सहयोगमा ति महिलाहरु निकालेको उपाध्याय जनाए। कन्दर खड्का, रञ्जु श्रेष्ठ, दिनेश खड्का, अरुणा थुपुङ(बहराइन), सञ्जय कुमार कन्दोईले बन्दीहरु छुटाउन आर्थिक सहयोग गरेका थिए।
संस्थाले हालसम्म ७२ जना बन्दीहरु छुटाइसकेको छ। जेलबाट उद्धार गरिसकेपछि बन्दीहरुलाई फाउन्डेसनले तालिम तथा रोजगारको व्यवस्था समेत संस्थाले गर्दै आएको छ।