PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मधेशमा दर्जनौं पहाडी उम्मेदवार, पहाडमा शून्य मधेशी



बीपी साह

मधेशमा दर्जनौं पहाडी उम्मेदवार, पहाडमा शून्य मधेशी

काठमाडौं : दुई नम्बर प्रदेशलाई कोर मधेशको रुपमा हेरिन्छ। जहाँ निरन्तर मधेश आन्दोलन भइरह्यो। स्थानीय निकाय निर्वाचनको मत परिणाम अनुसार पनि दुई नम्बरमा मधेशकेन्द्रित दलको बाहुल्य छ।

मधेशमा आन्दोलन जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्माले ओलीले मधेशबाट पहाडी नेता र पहाडबाट मधेशी नेतालाई चुनावमा उठाउने घोषणा गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पहाडबाट मधेशी नेतालाई चुनाव जिताएर देखाउने दाबी गरेका थिए।
 
तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कोर मधेशबाट नेपाली कांग्रेस र वाम गठबन्धनले दर्जनौं पहाडी नेताहरुलाई उम्मेदवार बनाए पनि पहाडबाट मधेशीलाई उम्मेदवार बनाइएको छैन। यहाँसम्म कि दुई नम्बर प्रदेशमा पहाडीको संख्या बढ्दै गएको क्षेत्रमासमेत मधेशी अनुहारलाई टिकट दिइएको छैन। औसतमा २० प्रतिशत पहाडी मतदाता भएका स्थानमा पनि कांग्रेस र वामगठबन्धनले पहाडी उम्मेदवार नै खडा गरेका छन्।

नेपाली कांग्रेसले सिरहा एकबाट प्रदिप गिरी र दुईबाट अमर रेग्मीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, धनुषा एकबाट आनन्दप्रसाद ढुंगाना, महोत्तरी एकबाट सीताराम भण्डारीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
 
सर्लाही एकबाट शम्भुलाल श्रेष्ठ, रौतहट चारबाट देवप्रसाद तिम्लसिनालाई कांग्रेसले उम्मेदबार बनाएको छ। दुई नम्बर प्रदेशको प्रतिनिधि सभाको ३२ सिट मध्ये कांग्रेसले ३० सिटमा उम्मेदवार उठाएको छ जसमा ६ वटा सिटमा पहाडीलाई उम्मेदवार बनाइएको छ।

यता वाम गठबन्धनले पनि सिरहा दुईबाट लीलानाथ श्रेष्ठ (एमाले), महोत्तरी एकबाट गिरिराजमणि पोखरेल (माओवादी), सर्लाही एकबाट ध्रुवप्रसाद गौतम (एमाले)लाई उम्मेदवार बनाएको छ।

यसैगरी बारा तीनबाट उदयानन्द पाण्डे(एमाले) र बारा एकबाट अच्युतप्रसाद मैनाली(एमाले)ले उम्मेदवार बनाएको छ। अर्थात् वाम गठबन्धनले दुई नम्बर प्रदेशको ३२ सिट मध्ये पाँच सिटमा पहाडी उम्मेदवार उठाएको छ।

रोचक कुरा के छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि धनुषा क्षेत्र नम्बर एकबाट पहाडी उम्मेदवार उठाएका छन्। नेपाली कांग्रेस परित्याग गरी फोरममा प्रवेश गरेका दीपक कार्कीलाई फोरमले उम्मेदवार बनाएको छ।

अर्कोतिर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य शरत्‌सिंह भण्डारीले पनि पहाडी बाहुल्य भएको क्षेत्र छोडेर यस पटक कोर मधेशको महोत्तरी दुईबाट चुनावमा उठेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell