
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले बंगलादेशसंग खेलिरहेको छ।
किनरारा मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको छ। पानी पर्नुअघि नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको छ।
यसअघि वर्षाकै कारण निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको खेल ४३ ओभरमा घटाइएको थियो।
नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए। ४४ बल खेलेका भिमले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहित कुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे। अनिल कुमार शाहले १९ रन बनाए।
७० रन बनाउदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौ विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गरेका थिए।
बंगलादेशका लागि नयिम हसनले सर्वाधिक ३ विकेट लिए।