PahiloPost

Jun 24, 2026 | १० असार २०८३

यू-१९ एसिया कप : पानी रोकिएपछि खेल शुरु, बंगलादेशलाई १८१ रनको लक्ष्य



पहिलोपोस्ट

यू-१९ एसिया कप : पानी रोकिएपछि खेल शुरु, बंगलादेशलाई १८१ रनको लक्ष्य

काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले बंगलादेशसंग खेलिरहेको छ।

पानी रोकिएपछि बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ। यसैगरी बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पाएको छ।
 

किनरारा मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको छ। पानी पर्नुअघि नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको छ।

यसअघि वर्षाकै कारण खेल निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको थियो।

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए। ४४ बल खेलेका भिमले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहित कुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे। अनिल कुमार शाहले १९ रन बनाए।

७० रन बनाउदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौ विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गरेका थिए।

बंगलादेशका लागि नयिम हसनले सर्वाधिक ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell