PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वाम गठबन्धनको विजयलार्इ कसैले रोक्न सक्दैन : ओली



पहिलोपोस्ट

वाम गठबन्धनको विजयलार्इ कसैले रोक्न सक्दैन : ओली

झापा  : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएको छ।

झापा क्षेत्र नं १ को धुलाबारीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए।

“नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,” उनले भने आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका अध्यक्ष ओली चुनावी दौडाहामा आएका हुन्। वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell