PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एक निष्ठावान राजनीतिज्ञको अवसान



पहिलोपोस्ट

एक निष्ठावान राजनीतिज्ञको अवसान

काठमाडौं : एकानब्बे वर्षका उमेरमा ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट निष्ठावान राजनीतिज्ञ हुन। उनी विगत केही समयदेखि अस्वथ्य हुँदै आएका थिए।

पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो। उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए।

राजनीतिसम्बन्धी लेख लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा शुरु गरेको थियो। उनी जहानियाँ राणा शासनविरुद्धको वि.सं. २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका बिष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै चारपटक प्रधानमन्त्री भएका थिए। वि.सं. २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई वि.सं. २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेको थियो।

वि.सं. २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिएर इतिहासमा चर्चित भएका उपाध्यक्ष बिष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेको थियो।

वि.सं. २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका सोही पार्टीबाट उनी वि.सं. २०१५ फागुन गते भएको काठमाडौं–३ मा प्रतिनिधि सभाका लागि उम्मेदवार बनेको थियो।

उनले तत्कालीन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।

सन् १९९६ मा प्रतिनिधि सभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेको थियो।

उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell