PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बाबुले छोरी र दुई नातिनीको हत्या गरे



पहिलोपोस्ट

रोल्पा : रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको हत्या गरेका छन्।

२५ वर्षीय छोरी पेवावती, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।


छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअघि माइत आइकी थिइन्। लीलबहादुरका पत्नी तीर्था र छोरा भागेर बाँच्न सफल भएका छन्।

लीलबहादुर मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी थिए। बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी लिएर बुबा भेट्न आएकी थिइन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell