PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

सरकार नै निर्वाचन बिथोल्न लागेको छ : प्रचण्ड



राजेन्द्र आचार्य

सरकार नै निर्वाचन बिथोल्न लागेको छ : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाएका छन्।

चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दाबीसमेत गरे।

उनले हतियारसहित गिरफ्तार भएको आरोपमा पक्राउ परेकालाई सरकारका मन्त्रीले नै छाड्न निर्देशन दिनु र वक्तव्यबाजी गर्नु नै चुनाव विरोधी गतिविधिमा आफैँ लागेको स्पष्ट भएको बताए।

चुनावी गतिविधिले वाम गठवन्धनको दुई तिहाई बहुमत आउने निश्चित भएकोले विरोधीहरु आतंकित बनेको प्रचण्डको भनाई थियो।

उनले कांग्रेस चुनावी माहोल नविगारी लोकतान्त्रीक पद्धतीमा समाहित भई आफ्नो हैसियत वुझ्न आग्रह् समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell