
काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसले तीन पटक बहुमत ल्याउँदा मुलुककलाई राजनीतिक स्थायित्व दिन नसकेकाले यस पटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताएको छ।
कामनपा–३ स्थित बाँसबारीमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले कांग्रेसले पटकपटक बहुमत ल्याउँदा सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनेको चर्चा गरे।
मुलुकमा जनताको अधिकारलाई स्थापत गरी आर्थिक समृद्धमा वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै उनले कांग्रेसले अहिले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएका बारेमा चनाखो हुन आग्रह समेत गरेका थिए। रासस