PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आसन्न चुनावमा एक सय ६७ तेस्रो लिङ्गी मतदाता सहभागी हुने



पहिलोपोस्ट

आसन्न चुनावमा एक सय ६७ तेस्रो लिङ्गी मतदाता सहभागी हुने

काठमाडौं : आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा एक सय ६७ जना तेस्रो लिङ्गी मतदानमा सहभागी हुने भएका छन्।

कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागी हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए।

नागरिकता लिएको आधारमा आयोगले एक सय ६७ जना तेस्रो लिङ्गीको तथ्यांक निकालेको हो। साहका अनुसार यो संख्या गत स्थानीय तहको निर्वाचनमाभन्दा २३ जनाले बढी हो। स्थानीय तहको निर्वाचनमा एक सय ४४ जना तेस्रो लिङ्गी निर्वाचनमा सहभागी भएका थिए।

सबैभन्दा बढी सप्तरीमा २० जना, पर्सामा १६ र काठमाडौंमा ११ जना तेस्रो लिङ्गी सहभागी हुनेछन्। देशको ३३ जिल्लामा भने तेस्रो लिङ्गी मतदाता छैनन्।

यसैगरी नयाँ शक्ति नेपालले तेस्रो लिङ्गी पिङ्की गुरुङ (सञ्जीव) लाई उम्मेदवार नै बनाएको छ। नयाँ शक्तिले प्रतिनिधि सभाको सदस्यको लागि समानुपातिकतर्फबाट नीलहीरा समाजका अध्यक्षसमेत रहेका गुरुङलाई उम्मेदवार बनाएको हो।

गुरुङले पुरुष र महिलाको प्रतिनिधित्व हुने ठाउँमा आफू पनि उम्मेदवार बनेको बताए। प्रचारप्रसारकै क्रममा काठमाडौंको गहना पोखरीमा भेटिएका उनले भने– “संविधानले नै समावेशी सिद्धान्त अपनाएकाले मलाई पनि उम्मेदवार बन्न सजिलो भएको छ।” रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell