PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

धान उत्पादनमा पचास प्रतिशतले कमी आउने



पहिलोपोस्ट

धान उत्पादनमा पचास प्रतिशतले कमी आउने

लहान : गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपार्इको समयमा आएको बाढीपहिरो, पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोपसमेत बढेकाले गत वर्षको तुलनामा करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादवले कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष ४७ हजार ९९८ हेक्टर जमिनमा धान रोपार्इ भएकोमा प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ९६ हजार मेट्रिक टन धान उत्पादन हुने बताए।

आव २०७३-७४ मा ५६ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर साढे तीन मेट्रिक टनको दरले एक लाख ९६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष धान उत्पादन ह्वात्तै घट्ने भएकाले जिल्लामा खाद्य संकट हुनसक्ने खतरा रहेको यादवको भनाइ छ।

सिरहामा कुल ६० हजार ७५७ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell