काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ।
एक समय खेलमा पकड बनाएको नेपालले सोही लय कायम राख्न नसक्दा हार बेहोर्नुपर्यो।
खेल पछि नेपालका मुख्य प्रशिक्षक विनोद दासले राम्रो खेलेपनि भाग्य आफ्नो साथमा नरहेको प्रतिक्रिया दिएका छन्।
‘धेरै राम्रो खेल्यौँ। हामीले ब्याट र बल दुवैमा कमब्याग गरेका थियौँ। टेष्ट खेल्ने टिम विरुद्ध कठा फाइट गर्यौँ। तर हाम्रो ब्याड लक नतिजा भने हाम्रो पक्षमा रहेन।’
यस्तै दासले मिडर अर्डर ब्याडिङले राम्रो गरेका बताए। ‘मिडलमा ब्याटिङ इफोर्ट राम्रो थियो। हामीले राम्रो शुरुवात गरेपनि त्यसलाई कायम राख्न सकेनौँ।’
बंगलादेश विरुद्धको खेलपछि सकरात्मक रुपमा अर्को खेल खेल्ने दासले बताए। नेपालले भोली भारसँग समूहचरणको दोस्रो खेल खेल्दैछ। ‘भारत बलियो प्रतिद्वन्दी हो तर हामी भोली हाम्रो बेस्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ।’