
महोत्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपालको गठबन्धनले बहुमत ल्याए प्रदेश नम्वर दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन्।
फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनामै मधेश सरकार गठन गर्ने यादवले दावी गरेका हुन्।
महोत्तरीको क्षेत्र न. १, रामनगर बिर्तामा शनिबार फोरम नेपाल र राजपाका उम्मेदबारहरुले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यादवले प्रदेश दुईमा आफूहरु भारी बहुमतले विजयी हुने समेत दाबी गरे।
वाम गठबन्धन र कांग्रेसको झूठा आश्वासनमा नपर्न उनले आम मतदातालाई सचेत समेत गराएका छन्। 'कांग्रेस, एमाले र माओवादीले मधेशकै मतले मधेशमाथि अन्याय तथा शोषण गरेका छन। अधिकार प्राप्तिका लागि मधेशका सचेत हुन जरूरी छ।’
कार्यक्रममा कांग्रेस, माओवादी र एमाले परित्याग गरी संयौको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन्।