PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

निर्वाचनले नेपालको भविष्य निर्धारण गर्नेछ : मोहनविक्रम सिंह



रासस

निर्वाचनले नेपालको भविष्य निर्धारण गर्नेछ : मोहनविक्रम सिंह
फोटो : ईनयाँपत्रिका

काठमाडौ :  नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको भविष्यसँग जोडिएको बताएका छन्।

नेकपा (एमाले) प्यूठान–काठमाडौं,  राष्ट्रिय जनमोर्चा प्यूठान काठमाडौ र नेकपा (माओवादी केन्द्र) प्यूठान–काठमाडौं संघीय जनसम्पर्क मंचले आयोजना गरेको संयुक्त वाम गठबन्धन चुनावी भेलालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनसँग जोडिएकाले निर्वाचनले नेपालको भविष्य कस्तो हुने निर्धारण गर्ने बताए।

‘यो साधारण चुनाव होइन। नेपालको संविधान कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा अहिलेको चुनाव जोडिएको छ, ‘अर्धभूमिगत’ नेता सिंहले भने, ‘त्यसैले देशलाई बचाउनका लागि वाम गठबन्धनलाई सहयोग गरेका हौँ।

उनले सबै ठाउँमा वाम गठबन्धनसँग तालमेल नभए पनि प्यूठान र बागलुङमा राष्ट्रिय जनमोर्चामार्फत तालमेल गरिएको जानकारी दिए।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दलाल र पूँजीवादीको शोषणको अन्त्य गर्नका लागि वाम गठबन्धन बनेको बताए। अबको लक्ष्य भनेको समाजवाद भएको उल्लेख गर्दै उनले निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बनी नेपाली समाजलाई समाजवादतर्फ लैजाने जिकिर गरे। उनले सबै कम्युनिष्टको एउटा लक्ष्य भएको हुनाले अब एक ढिक्का भएर बस्नुपर्ने धारणा राखे।

नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्माले मुलुकको आवश्यकताले कम्युनिष्ट एकै ठाउँमा आउनुपरेको हो भन्दै निर्वाचनपछि देशलाई विकास र समृद्धितर्फ लगिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell