PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पहिलो चरण निर्वाचनको मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने



पहिलोपोस्ट

पहिलो चरण निर्वाचनको मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
फाइल फोटो

काठमाडौं: मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ।

निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचीत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell