PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

‘निर्वाचनपछि वामगठबन्धनको सरकार’



रासस

‘निर्वाचनपछि वामगठबन्धनको सरकार’

दमक : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि दुई तिहाइको वाम सरकार निर्माण हुने जिकिर गरेका छन्।

झापाको कमल गाउँपालिकास्थित क्याम्पा बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको विकास गर्ने बताए।

मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकमा स्थिर वाम सरकार निर्माण हुने उनको भनाइ थियो। मुलुकलाई गलत बाटामा जान नदिनका लागि वाम गठबन्धन गरिएको बताउँदै ओलीले भने ‘वाम गठबन्धन सत्ता प्राप्तिको लक्ष्य होइन, राजनीतिक स्थिरता र समृद्धिका लागि हो।’

पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र र गणतन्त्रका विषयमा आपूmहरूको निष्ठामा शंका नगर्न आग्रह गरे। झापा क्षेत्र नं ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आजै आफ्नो निर्वाचन क्षेत्रका केर्खा, गौरीगञ्ज बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell