PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

जगत टमाटा, राजु बस्नेत र आमिर अख्तरले विकेट लिएपछि मेम्बर सेक्रेटरी-११ विजयी



पहिलोपोस्ट

जगत टमाटा, राजु बस्नेत र आमिर अख्तरले विकेट लिएपछि मेम्बर सेक्रेटरी-११ विजयी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का अनी पूर्व कप्तान पवन अग्रवाल लगायत पुराना तथा नयाँ खेलाडीहरु शनिबार एउटै क्रिकेट मैदानमा देखा परे। सबै जना खेलाडीको रुपमा प्रस्तुत भएका थिए।

मुलपानी क्रिकेट ग्राउण्डमा शनिबार मेम्बर सेक्रेटरी-११ र भेट्रान-११ बीच प्रदर्शनी खेल भयो। र त्यहि खेलमा नेपाली क्रिकेटका नयाँ पुराना हस्तीहरु सहभागी थिए।

मेम्बर सेक्रेटरी-११ र भेट्रान-११ बीच खेल गराउदै शनिबार मुलपानी क्रिकेट ग्राउण्डको औपचारिक उद्घाटन गरिएको छ।

एक दशक भन्दा बढी समयपछि पूरा भएको मुलपानी क्रिकेट मैदान खेल्नयोग्य भएको अवसरमा यो खेल खेलाइएको हो।

प्रदर्शनी खेलमा राजु बस्नेत, जगत टमाटा र आमिर अख्तरले विकेट लिएपछि मेम्बर सेक्रेटरी टसमले भेट्रान टिमलाई ८७ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको मेम्बर सेक्रेटरी टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमँएर १९६ रन बनाएको थियो। मेम्बर सेक्रेटरीका लागि सुनिल धमलाले ४२, विनोद भण्डारीले ३९ तथा दीपेन्द्र चौधरीले ३०० रन बनाए। भेट्रानको तर्फबाट पवन अग्रवालले ३ तथा सन्दीप श्रेष्ठ र परेश लोहनीले २-२ विकेट लिए।

जवाफमा १९७ रनको लक्ष्य पछ्याएको भेट्रानले १४.५ ओभरमा १०९ रनमा अलआउट भयो। भेट्रान टिमका लागि मन्जित श्रेष्ठले ५२ तथा पवन अग्रवालले ३३ रन बनाएपनि जिताउन सकेनन्। यस्तै शक्ति गौचनले १२ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

भेट्रानलाई अलआउट गर्न राजु बस्नेत एक्लैले ५ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell