PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपालका दुवै जोडी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको फाइनलमा



पहिलोपोस्ट

नेपालका दुवै जोडी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको फाइनलमा
फोटो : http://sports.ptv.com.pk/

काठमाडौं : इस्लामाबादमा जारी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपालका दुई जोडी खेलाडी शनिबार फाइनलमा प्रवेश गरेका छन्।

मिक्स डबल्स विधामा नेपालका भाइ रत्नजित तामाङ र दिदी नङशल तामाङको जोडी तथा नेपालकै दीपेश धामी र शोभा गौचनको जोडी फाइनलमा पुगेका हुन्। फाइनल खेल आइतबार हुनेछ।

सेमिफाइनलमा रत्नजित र नङशलको जोडीले नेपालकै विष्णु कट्वाल र सुनैना मुखियाँको जोडीलाई २१–१७, २१–७ को सोझो सेटमा पराजित गरे। रत्न र नङशलको जोडी गत वर्षका स्वर्ण विजेता समेत हुन्। त्यस्तै दीपेश र शोभाको जोडीले पाकिस्तानी जोडीलाई २१–१७, २३–२१ को सेटमा हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell