PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रेसलिङ महाभिडन्त : अमेरिकन रेसलरलाई हराए नेपालका नुवाकोटे टाइगरले, हेर्नुस् २० फोटो

रेसलिङ महाभिडन्त : अमेरिकन रेसलरलाई हराए नेपालका नुवाकोटे टाइगरले, हेर्नुस् २० फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सँधै जसो टेलिभिजनमा डब्लुडब्लुई रेसलिङ हेर्ने नेपाली दर्शकले शनिबार आफ्नै अगाडी रेसलिङको मज्जा लिन पाए। काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार छुट्टै रौनक थियो। नेपाल रिङ रेसलिङ संघले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रि यरिङ रेसलिङमा नेपालसहित ८ देशका २१ खेलाडीले प्रतिस्पर्धा गरे।

त्यसमा पनि सबैभन्दा बढी आकर्षण रहेको नेपालका नुवाकोटे टाइगर र अमेरिकन प्रो रेसलर गेमरबीचको भिडन्त निकै रोचक रह्यो। झण्डै दश मिनेटको उक्त भिडन्त पश्चात नेपालका नुवाकोटे टाइगरले अमेरिकन रेसलरलाई पराजित गरे।

उक्त भिडन्तमा अमेरिकन प्रोरेसलर गेमर केही घाइते समेत बने। उनले आफ्नो खुट्टा भाँचिएकोले गेम हारेको तर कडा टक्कर दिएको प्रतिक्रिया दिए। यस्तै अर्को पटक नुवाकोटे टाइगरलाई हराउने समेत दावी गरे।

यस बाहेक अन्य भिडन्तहरु पनि रोचक थियो।



ट्रेन्डिङ पोस्ट

Ncell