सर्जियो अगुएरोले खेल सकिन चार मिनेट बाँकी छदा गरेको गो मद्दतमा अर्जेन्टिनाले रुसलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ।
अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबलको उद्घाटन र फाइनल खेलाउने लुजनिकि स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले रुसलाई १-० ले पराजित गरेको हो।
८६औँ मिनेटमा अगुएरोले हेड मार्फत गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
विश्वकप फुटबल हुनुअघि अर्जेन्टिना र रुसबीच मैत्रीपूर्ण खेल खेलाएर उक्त स्टेडियममा रि ओपनिङ गरिएको छ। सन् १९५६ मा पहिलो पटक खुला गरिएको लजनिकि स्टेडियम १९८० को मस्को ओलम्पिकको पनि एक भेन्यू थियो। यस्तै २०१३ मा वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गरेको स्टेडियम विश्वकप फुटबलकै लागि भने रिनोभेट गरिएको हो।